काठमाडौं : काठमाडौंको टोखास्थित ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरो प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर भएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
२५ करोडसँगै पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको फुच्चे भनिने कुसाङ लामा र २५ करोडका मालिक भनिएका सिन्धुपाल्चोक कै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल विरुद्ध मङ्गलवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
दुवै जनालाई प्रतिवादी बनाएर विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुसारको कसुरमा मुद्दा दर्ता गरिएको श्रेष्ठको भनाइ छ ।
उनीहरूविरुद्ध बरामद भएको रकम २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको बिगो र जरिवाना समेत माग दाबी गरिएको छ । मुद्दा दायर गरिएका मध्ये पौडेल भने फरार छन् ।
बरामद ट्रकलाई कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन अनुसार जफतका लागि माग दाबी गरिएको छ ।
प्रतिक्रिया