सुनसरीको दुहबीमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

शुक्रबार, ०५ बैशाख २०८२
इटहरी । सुनसरीको दुहबीमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार दुहबी नगरपालिका–३ फुटानी चोक–वसनपुर भित्री सडक खण्डमा बिहीबार राति ९ः४५ बजेतिर दुर्घटना भएको हो । आफैं अनियन्त्रित भएर को ३९ प ९१७५ नम्बको मोटरसाइकल दुर्घटना हुँदा चालक दुहबी–३ का ३७ वर्षीय सुधाकरण माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका माझीलाई उपचारका लािग विराट शिक्षण अस्पताल पठाइएको र उपचारकै क्रममा राति ११ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाइ छ । दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी प्रहरीले दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार