काठमाडौं । नेपाली सेनाका सहायक रथि रोशन खड्का ‘लाइन एरेष्ट’मा परेका छन् । उनलाई अनुसन्धानका लागि लाइन एरेष्ट गरी सैनिक हिरासतमा राखिएको छ ।
कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपमा उनलाई सैनिक हिरासतमा लिएको हो । ‘कल्याणकारी कोषको रकम हिनामिना भएको विषयमा सामान्य सोधपुछ चलिरहेको छ’, सैनिक उच्च स्रोतले भन्यो ।
सहायक रथी खड्कालाई बुधबार सैनिक हिरासतमा राखिएको स्रोतको दावी छ । कोषको सात करोड रुपैया हिनामिना भएको सन्दर्भमा सेनाभित्र छानबिन चलिहरेको छ ।
कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा आर्थिक वर्ष २०७८/७९ र ०७९/८० मा अनियमितता विषयमा महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको थियो ।
प्रतिक्रिया