महिलामन्त्री भन्छन्, 'सबै स्थानमा महिलाहरूको सहभागिता ५० प्रतिशत हुनुपर्छ'

शुक्रबार, ०५ बैशाख २०८२
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले सम्पूर्ण स्थानमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित महिला पुनर्वास केन्द्र ‘ओरेक’ को ३४ औँ वार्षिकोत्सव समारोहमा उनले महिलाहरूबाटै ३३ प्रतिशत सहभागिताको माग हुने हुँदा महिलाहरूले आफ्नो अधिकार चिन्नपर्ने भन्दै अब सम्पूर्ण ठाउँमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्ने बताए । उनले भने, ‘२०७२ को संविधानले सम्पूर्ण अधिकार दिएको छ । तर त्यसमा महिला पर्नु भएको छैन । ५१ प्रतिशत महिला जनसङ्ख्या भएको देशमा महिलाहरूबाटै ३३ प्रतिशत सहभागिताको माग हुन्छ । आफ्नो अधिकार चिन्नपर्छ, लिनुपर्छ । परिवर्तन भएको छ । अब सम्पूर्ण ठाउँमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्छ ।’ यस्तै, उनले २१ औँ शताब्दी महिलाहरूको समय भएको भन्दै पहिलेको समयमा महिलामाथि भएको अन्याय अब नहुने बताए । उनले भने, ‘अहिले २१ औँ शताब्दी चलिरहेको छ । यो समय भनेको महिलाहरूको समय हो । पितृसत्ता भनेर जुन पहिलाको समयमा महिलामाथि अन्याय भएको थियो त्यो अब हुने छैन । हुन सक्दैँन् । किनभने अब महिला दिदीबहिनी, छोरीहरू जागरूक भइसकेका छन् ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार