बराहक्षेत्रमा १३ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोज्ने घरबेटी पक्राउ

शनिबार, ०६ बैशाख २०८२
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ ढिकझोरामा १३ वर्षीया बालिकामाथि जबरजस्ती गर्न खोजेको आरोपमा एक घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति ५५ वर्षीय अर्थराज कोइराला रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले जनाएको छ। प्रहरीका अनुसार कोइरालाले रातको करिब १२ बजे मादक पदार्थ सेवन गरेपछि भाडामा बस्ने ती बालिकाको कोठा खोल्न लगाई जबरजस्तीको प्रयास गरेका थिए। बालिकाको परिवारले दिएको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। अहिले कोइरालालाई बाल यौन दुर्व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा राखिएको छ। प्रहरी अनुसन्धानबाट प्राप्त जानकारी अनुसार कोइराला केही समयअघि मात्र अमेरिका टेक्सासबाट नेपाल आएका थिए। उनी टेक्सासमा रहेर ड्यासफोरा राजनीतिमा समेत संलग्न थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले घटनाको विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार