विराटनगर : मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘वेबसाइट’ ‘ह्याक’ गरेर ‘ह्याकर’ले प्रेम प्रस्ताव दर्शाउने शब्द राखेको पाइएको हो । ‘वेबसाइट’ कहिले ‘ह्याक’ भएको हो भन्ने यकिन छैन ।
उक्त ‘वेबसाइट’ २०२५ मार्च २० मा अन्तिम पटक सही अवस्थामा रहेको देखिन्छ । अहिले ‘लिंक’ ‘ब्राउज’ गर्दा प्रेमिल शब्दहरू दर्शाएको पेज देख्न सकिन्छ । ‘वेबसाइट’मा यसअघि राखिएका विषयवस्तु देखिँदैनन् ।
[caption id="attachment_99349" align="alignnone" width="1000"] ह्याक वेवसाईटको पृष्ठ[/caption]
वेबसाइटको सबैभन्दा माथिपट्टि चकलेटको फोटो राखिएको छ । त्यसको तल ‘तिम्रै लागि एस’ ९फर यू एस० भन्दै अंग्रेजी अक्षरमा प्रेमिल शब्दहरू राखिएको छ ।
मुख्यमन्त्री कार्यालयका प्रवक्ता पवनकुमार तिमिल्सेनाले ‘वेबसाइट’मा केही समस्या आएको बताए । ‘वेबसाइट’ ‘ह्याक’ भएको हो कि हैन भनेर हेर्ने काम भइरहेको उनको भनाइ छ । ‘केही समस्या आएजस्तो छ । समाधानका लागि प्राविधिक परिचालन गरेका छौं,’ तिमिल्सेनाले भने ।
प्रतिक्रिया