इटहरी । धरान उपमहानगरपालिका वडा नं ६ बाट ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन्।
गोप्य सूचनाको आधारमा प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरी टोलीले छापा मार्दा लागू औषध कारोबारी २६ वर्षीय राकेश परियार र उनका साथी २८ वर्षीय धर्मचन्द्र गिरी लाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार राकेश परियारको कोठामा खानतलासी गर्दा २.३१० ग्राम ब्राउन सुगर फेला परेको थियो। साथै, उनीहरू प्रयोग गर्दै आएको को १९ प ३७३३ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।
हाल पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रतिक्रिया