काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान जस्ता समस्या न्यूनीकरण गर्न बजेट भन्दा नीतिगत निर्णय गर्दा पुग्ने बताएका छन् ।
आइतबार गृहमन्त्रीसँग विपद् संम्बाद शुभारम्भ कार्यक्रममा बोल्दै उनले कतिपय विपद्मा आफू चनाखो हुदाँ मात्र पनि कम हुने बताएका हुन् ।
‘अविरल वर्षा हुदाँ तराईमा डुबान, पहाडमा पहिरोको समस्या छ । हिमालमा लेक लाग्ने, चिसो लाग्ने समस्या छ । तराई मधेशमा लु लाग्ने समस्या छ । झापा र मोरक सबैभन्दा बढि चट्याङको समस्या छ यहाँ प्रधिकरणका साथिहरु छन् मेरो आग्रह यहाँ धेरै ठुलो बजेटको आवश्यकता छैन कतिपय नीतिगत निर्णय गर्दा पुग्छ । कतिपय कुरामा हामी चनाखो मात्र भए पुग्छ, कतिपयमा निरन्तर फलो गर्दा मात्र पुग्छ,’उनले भने ।
उनले विपद्को समयमा गर्ने अलर्ट सन्देश भन्दा घण्टी नै बजाउनुपर्ने बताए ।
‘मैले डिजी साबसँग भनेको पूर्व सूचना प्रणाली त छ, त्यसलाई अझ स्मार्ट बनाउन जरुरी छ जस्तै हामी म्यासेज गर्ने गरेका छौँ । मैले भनेको म्यासेज नगर्नुस् बरु घण्टी नै बजाउने व्यवस्था गर्नुस् भनेको छु । किनभने म्यासेज सबैले हेर्दैनन्, मोवाइल गोजीमा हुन्छ, मान्छे कोही खेतमा हलो जोतिरहेको कोही घाँस काटिरहेको हुन्छ म्यासेज आएको थाहा हुन्न्,’उनले भने ।
उनले पूर्व सूचना प्रणालीमा घण्टी बजाउने र एउटै स्वरमा सूचना दिने भन्दै यो आवश्यक रहेको बताए ।
प्रतिक्रिया