सरकारसँग सहमति भएसँगै आजदेखि खुले सरकारी स्कुल

शुक्रबार, १९ बैशाख २०८२

१९ वैशाख, काठमाडौं ।  करिब एक महिना लामो शिक्षक आन्दोलन सहमतिमा टुंगिए पछि आजदेखि सरकारी विद्यालय खुलेका छन् ।

देशभरका विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएका थिए । आन्दोलनका कारण पठनपाठन ठप्प हुनुका साथै भर्ना अभियान पनि प्रभावित भएको थियो ।

सरकारसँग नौ बुँदे सहमति भएसँगै शिक्षकहरू कर्मथलो फर्किएका हुन् । सहमति अस्ति बुधबार भए पनि हिजो सार्वजनिक भएका कारण स्कुल आजदेखि खुलेका छन् ।  सुरुमा भर्ना अभियान पूरा हुने र त्यसपछि केही दिनमा पठनपाठन सुचारु हुने शिक्षकहरूले बताएका छन्।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार