ब्राजिलको गाईको मासु निर्यातमा अमेरिकी करको मार

सोमबार, २२ बैशाख २०८२

एजेन्सी । ब्राजिलको गाईको मासु निर्यातमा संयुक्त राज्य अमेरिकाले लगाएको करको मार भोगिरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि नै विभिन्न देशहरूमा व्यापक कर लगाउने आदेश दिएका थिए । सोही आदेशको असर ब्राजिलमा उत्पादन हुने गाईको मासुमा परेको छ ।

ब्राजिल विश्वको सबैभन्दा ठूलो गाईको मासु निर्यातकर्ताहरू मध्ये एक हो। ब्राजिलियन मासु निर्यात उद्योग संघका अनुसार, देशले २०२४ मा २।८९ मिलियन टन गाईको मासु निर्यात गरेको थियो।

बधशाला, मासु प्रशोधन र निर्यात कम्पनीहरूको ब्राजिलियन संस्था एबीआरएएफआरआइजिओका कार्यकारी अध्यक्ष पाउलो मुस्तेफागाले अमेरिकी ट्यारिफ नीतिबारे पर्ख र हेरको दृष्टिकोण अपनाएको बताए।

२०२४ मा, ब्राजिलले चीनमा १।३३ मिलियन टन गाईको मासु निर्यात गरेको थियो । जसले गर्दा चीन ब्राजिलको सबैभन्दा ठूलो गाईको मासु निर्यात गन्तव्यहरू मध्ये एक बनेको छ ।

चीनमा गाईको मासु निर्यातले ब्राजिलको कुल गाईको मासु निर्यातको ४० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ । जसले ब्राजिलको लागि सबैभन्दा महत्त्वपूर्ण बजारको चीन रहेको स्पष्ट देखिएको छ ।९सीसीटीभीप्लस०

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार