इटहरीका २३ वर्षीय समिर घरको छतबाट लडेर गम्भीर घाइते

सोमबार, २२ बैशाख २०८२
साङ्केतिक तस्बिर

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१ हलगडामा एक २३ वर्षीय युवक आफ्नै घरको तेस्रो तलाको छतबाट लडेर गम्भीर घाइते भएका छन्। 

हिजो (आइतबार ) राति करिब ११ः३५ बजे राम ब.खत्रीका छोरा समिर खत्री अचानक छतबाट खसेर गम्भीर घाइते भएका हुन्।

घटनाको जानकारी पाउने बित्तीकै सामुदायिक प्रहरी बिट हलगडाबाट प्रहरी निरीक्षक मनोज कुमार चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

घाइते समिरलाई तत्कालै विराट मेडिकल कलेज टिचिङ अस्पताल, बुढीगंगा मोरङमा उपचारका लागि पठाइएको छ ।

समिरको छाती र दुवै खुट्टामा गम्भीर चोट लागेको बताइएको छ।

हाल उनको अवस्था गम्भीर भए पनि बोल्न सक्ने भएको र  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार