फिनल्याण्डमा छुरा प्रहारबाट कैयौँ घाइते, शङ्कास्पद व्यक्ति पक्राउ

विहीबार, १९ असार २०८२
सांकेतिक फाईल

फिनल्याण्डको टाम्पेरे शहरको एक व्यापारिक केन्द्र नजिकै बिहीबार केही व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणमा केही घाइते भएका छन् तर शङ्कास्पद आक्रमणकारीलाई तत्काल सुरक्षा नियन्त्रणमा लिइएको छ । यो अवस्थाले अब बाहिरी मानिसका लागि खतरा पैदा गर्दैन । पीडितको उपचार सु भइसकेको छ ।

विज्ञप्तिमा भनिएको छ, “पीडितको सङ्ख्यालगायत थप विवरण सङ्कलन भइरहेको छ । थप जानकारी प्राप्त भएपछि पुन घटनाबारे जानकारी गराइनेछ ।” 

स्थानीय सञ्चार माध्यमका अनुसार हिंसात्मक घटनापछि प्रहरी कार र एम्बुलेन्स घटनास्थलमा पुगेका छन् ।

स्थानीय समयअनुसार अपराह्न ४ः२३ बजे छुरा प्रहार भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीले रतिना सपिङ सेन्टर बाहिरको क्षेत्रलाई घेराबन्दी गरेको एक घण्टाभन्दा बढी समय अनुसन्धानका लागि प्रहरीलगायत अनुसन्धान अधिकारीहरूले प्रत्यक्षदर्शीसँग कुरा गरिरहेको प्रहरीले जनाएको छ ।

करिब दुई लाख ६० हजार जनसङ्ख्या भएको टाम्पेरे शहर हेलसिन्कीबाट लगभग १८० किलोमिटर उत्तरमा अवस्थित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार