विश्व पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बने

बुधबार, ०७ जेठ २०८२
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नवनियुक्त गभर्नर डा विश्व पौडेलप्रति कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमार्फत पौडेललाई ‘चुनाव हरुवा’को संज्ञा दिँदै शाहीले कार्यकर्ता गभर्नर बनेको बताएका छन् ।

उनले लेखेका छन्, ‘अझै पनि देश बन्छ भनेर पत्याइदिनुपर्ने ? चुनाव हारेको हरुवा कार्यकर्ता गभर्नर बन्ने ।’ सरकारले पौडेललाई मंगलबार मात्रै नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्त गरेको थियो । उनी प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको कोटाबाट गभर्नर नियुक्त भएका हुन् ।

उनी पछिल्लो संसदीय निर्वाचनमा चितवन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालसँग पराजित भएका थिए । राजनीतिक दलमा आवद्ध पौडेललाई गभर्नर नियुक्त गरिएपछि चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार