काठमाडौँ ः मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका छन्।
हेटौँडा उपमहानगरपालिका ८ कमानेको नमुना टोलस्थित देवान बाबुको घरमा बुधवार साँझ आगलागी हुँदा उक्त घरमा डेरा गरी बस्ने वीरगन्जका सलाउदिन देवानकी छोरी १३ वर्षीया असिया खातुन घाइते भएकी हुन्।
सोही घरमा बस्ने भारतको मोतिहारी जिल्लाको आदामपुरग्राम कलबारी मझौलिया बस्ने २५ वर्षीया अफ्रिदा खातुन पनि घाइते भएकी छन्।
साँझ मासु पकाउँदा तेल भनेर झुक्किएर उनले तातो कराईमा डिजेल हालेपछि आगो सल्किएको थियो।
आगलागीबाट असियाको अनुहार, हात, पिठ्यूँ र खुट्टा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामु अर्यालले जानकारी दिए।
घाइते दुवैलाई हेटौँडा अस्पताल पठाइएको उनले बताए । उक्त घरमा लागेको आगो केही बेरमै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया