लायन्स क्लब अफ विराटनगर सेन्ट्रलले भोजपुरका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ।
पहिलो चरणमा यसोधरा माध्यमिक विद्यालय, टक्सारस्थित बौद्धिक अपाङ्गता श्रोत कक्षाका विद्यार्थीहरूलाई किचनका सम्पूर्ण भाँडाकुँडा सामग्री, ब्ल्याङ्केट, ज्याकेट र टोपी वितरण गरिएको हो।
त्यसपछि बहिरा आवासीय आधारभूत विद्यालय, भोजपुर–९ मा दोस्रो वितरण कार्यक्रम सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरूलाई न्यानो कपडा (ज्याकेट र टोपी), कापी–कलम तथा खेलकुदका सामग्री हस्तान्तरण गरिएको क्लबले जनाएको छ।
कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५C का पूर्व गभर्नर विजयहरि शर्मा, उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य ध्रुव श्रेष्ठ र राजन श्रेष्ठ, नागरिक समाज भोजपुरका जिल्ला अध्यक्ष, विद्यालय सञ्चालक समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, क्लबका पूर्व अध्यक्षहरू तथा १४ जना क्लब सदस्यहरूको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो।
प्रतिक्रिया