विराटनगर : एनपीएल (नेपाल प्रिमियर लिग)को नयाँ सिजनका लागि विराटनगर किंग्सले आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ। क्लबका अनुसार नयाँ जर्सीले कोशी प्रदेशको गौरव, शक्ति र समुदायको भावना झल्काएको छ।
क्लबका विज्ञप्तिमा भनिएको छ, “जर्सीका हरेक विवरणमा हाम्रो विश्वास, संस्कार र विराटनगरको अविचलित आत्माको अर्थ, उद्देश्य र पहिचान समाहित गरिएको छ।”
जर्सीको मुख्य डिजाइनमा सप्तकोशीको प्रवाह जनाउने सात रेखा समावेश गरिएको छ। यी रेखाहरू सप्तकोशीका सात शाखा नदीहरूको प्रतीक हुन्, जसले एकता, शक्ति र गतिशीलतालाई जनाउँछन्। क्लबका अनुसार “प्रत्येक नदीको आफ्नै ऊर्जा हुन्छ, तर सबै नदी एकसाथ बग्दा तिनीहरू एक अजेय शक्तिमा रूपान्तरित हुन्छन्, विराटनगर किंग्सको खेल पनि त्यही भावनामा आधारित छ।”
जर्सीको काँधमा रहेको एपाउलेट (काँधको साहस) नेतृत्व र गर्वको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। क्लबले जनाएको छ, “यो जर्सी लगाउने प्रत्येक खेलाडीले आफ्नो शहरको सपना र नेतृत्वको जिम्मेवारी बोकेको हुन्छ। विराटनगर किंग्स केवल खेल्दैन, उनीहरू साहस, दृढता र विश्वासको प्रतिनिधित्व गर्छन्।”
प्रतिक्रिया