काठमाडौं। नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बिहीबार बिहान ७ बजे सम्पन्न भएको छ । निर्वाचनमा कुल २ हजार २२७ मत खसेको थियो ।
भृकुटीमण्डपमा नतिजा सार्वजनिक भएसँगै महाधिवेशनस्थल उत्साह, खुशीयाली र नाराबाजीले गुञ्जायमान बनेको थियो । मतदानमा सहभागी प्रतिनिधिहरूले आफ्नो मतको सम्मान भएको अनुभूति गर्दै खुसी व्यक्त गरेका थिए।
महाधिवेशनमा नेकपा एमालेभित्र देखिएका दुई प्यानल-केपी शर्मा ओली र ईश्वर पोखरेल समूहबीच प्रतिस्पर्धा भएको थियो । अन्तिम नतिजाअनुसार ओली नेतृत्वको प्यानल विजयी भएको छ। नतिजा सार्वजनिक भएपछि ‘केपी ओली वी लभ यू’, ‘महेश बस्नेत जिन्दावाद’ लगायतका नाराहरू घन्किँदा महाधिवेशनको माहोल झनै उत्साहपूर्ण बनेको थियो।
एकातर्फ प्रतिनिधिहरू नारा लगाउँदै गीत गाउँदै उत्सव मनाइरहेका थिए भने अर्कोतर्फ निर्वाचित प्रतिनिधिहरू बधाई थाप्ने, खादामाला लगाउने र शुभेच्छा आदान–प्रदानमा व्यस्त देखिन्थे। यही क्रममा प्रतिनिधि तथा उम्मेदवार टीका अर्यालले आफूलाई भारी मतका साथ विजयी गराएकोमा सम्पूर्ण प्रतिनिधिहरूप्रति आभार व्यक्त गरिन् । उनले प्राप्त विश्वासले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै जनताको मत खेर जान नदिने प्रतिबद्धता व्यक्त गरिन्।
कोशी प्रदेश अन्तर्गत खोटाङबाट खुल्ला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी विना देवी राई १ हजार ८ सय ४६ मत प्राप्त गर्दै विजयी भएकी छन् । विजयपछि उनलाई बधाई दिनेहरूको ओइरो लागेको छ।
आफु विजय हुनेमा पुर्ण विश्वस्त रहेको विसाल भट्राईले भने, उनले आफु सानै उमेर देखिनै एमालेमा लागेको, आफूले जस्तो सुकै परिस्थीतिमा पनि पाटीबाट असंगठित नभएको बताए। उनले आगामि दिनमा थप पाटीलाई एकता बनाएर सवलपाटीतिर ध्यान गराउने जानकारी दिए।
त्यस्तै अर्का प्रतिनिधी तथा विजेता रघुविर महासेटले पहिलेको महाधिवेशनमा पनि कहिले सर्बसम्बत त कहिले चुनावी प्रकृयाबाट सम्पन्न गर्दै आएको हो ।
चुनावी प्रकृयालाई समान्य प्रकृयामा लिएको बताए । त्यस्तै उनले जनताको बहुदलीय जनवादको विषेशता मध्य निर्वाचन प्रणाली पनि हो। उनले बहुुमतको सरकार अल्पमतको प्रतिपक्ष तर पाटी भित्र सरकार र पाटी भित्रको कुरा होइन सबै एउटै हो।
उनले चुनाब वारे धारणा राख्दै यो सरकारले चुनाव गराउन नसक्ने धारणा पनि राखेका छन् । महासेटले संसदको पुनस्थापना नै अहिलेको उत्तम विकल्प हो ,
अर्का एमाले नेता सूर्य थापाले प्रतिनिधीलाई धन्यवाद ज्ञापन गरेका छन्।
थापाले एघारौ महाधिवेशनबाट देशलाई,पाटीलाई, राष्ट्रि«यहितलाई नेतृत्व गर्न सक्ने गरि बलियो स्थापित गरेको भन्दै प्रतिनिधी प्रति खुसि व्यक्त गरेका छन्।
महिलाको प्रतिनिधित्वसहित केन्द्रीय कमिटीमा निर्वाचित हुँदा उनको अनुहारमा विशेष खुसी झल्किएको थियो । उनले पार्टीले दिएको जिम्मेवारी र जनताले दिएको विश्वासलाई इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएकी छन्।
त्यस्तै, सुदूरपश्चिम भूगोलबाट खुल्ला सदस्यतर्फ चक्र मल्ल १ हजार ४ सय ८६ मतसहित विजयी भएका छन् । उनले मतदान गर्ने सम्पूर्ण भोटर तथा प्रतिनिधिहरूलाई धन्यवाद दिँदै पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउने दिशामा काम गर्ने बताएका छन्। पाँच दिनसम्मको व्यस्त कार्यक्रम, भोक र निन्द्रापछि प्रतिनिधि तथा उम्मेदवारहरूले महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोषको सास फेरेका छन्।
यद्यपि ईश्वर पोखरेल नेतृत्वको प्यानल पराजित हुँदा केही निराशा देखिए पनि अन्ततः एमालेकै नेतृत्व निर्वाचित भएकाले अब सबै मिलेर पार्टीलाई अगाडि बढाउने धारणा नेता कार्यकर्ताहरूले व्यक्त गरेका छन् । विजय पराजयलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै पार्टी एकतामा जोड दिनुपर्ने सन्देश महाधिवेशनबाट प्रवाहित भएको छ।
महाधिवेशनभर एमालेका युवा कार्यकर्ताहरू विशेष उत्साहित देखिएका थिए। गीत गाउने, नाच्ने र नाराबाजी गर्ने क्रम निरन्तर चलिरह्यो । विशेषगरी महेश बस्नेतको समर्थनमा युवाहरूले चर्को नाराबाजी गरेका थिए।
जेनजी आन्दोलनका बेला पार्टी संकटमा पर्दा सशक्त रूपमा आवाज उठाउने नेताका रूपमा महेश बस्नेतलाई स्मरण गर्दै युवाहरूले समर्थन जनाएका हुन् । ११ औँ महाधिवेशनले युवा पुस्तालाई विशेष प्राथमिकतामा राखेको स्पष्ट सन्देश दिएको छ, जसका कारण पार्टीप्रति युवाहरूको आकर्षण अझ बढेको देखियो।
प्रतिक्रिया