झापा : लागू औषध मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ । लागूऔषध मुद्धामा कैद सजाय तोकिएपछि फरार रहेका दमक नगरपालिका वडा नम्बर ८ का रुपेश पौडेललाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली पक्राउ गरेको हो ।
झापा जिल्ला अदालतको फैसला अनुसार ३ महिना २१ दिन कैद सजाय भोग्नुपर्ने दमक पौडेललाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाइएको छ ।
प्रहरीका अनुसार पौडेललाई आज दिउँसो दमक नगरपालिका वडा नम्बर ६ पूर्व बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिए ।
प्रतिक्रिया