एमसीसी सम्झौता कार्यान्यनका बिरुद्ध झापामा प्रदर्शन

आइतबार, १० भदौ २०८०
झापा ।  नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले एमसीसी सम्झौता कार्यान्यनका विरुद्ध झापाको बिर्तामोडमा आज वृहत बिरोध प्रदर्शन गरेका छ । ब्याख्यात्मक टिप्पणीका नाममा राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेर नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार गरेको र अहिले कार्यान्वयन गर्न लागि परेको भन्दै विरुद्ध प्रदर्शन गरेको हो । झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेसनबाट जुलुससहित शुरु भएको बिरोध प्रदर्शन मुक्ति चौक इलाम स्टेसन हुँदै पुनः मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियोे । बिरोध सभाको सञ्चालन पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय सीले गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै मेची ब्युरो इन्चार्ज सुमनसिंहले सत्ताधारी दलहरूलाई राष्ट्रघाती एमसीसी सम्झौता कुनै हालतमा कार्यान्यन हुन नदिने दावी गरे । देशको सीमा अतिक्रमण, संसदीय पूँँजीवादी राज्यसत्ताको समस्या भएको भन्दै यो व्यवस्था रहँदासम्म कहिल्यै समाधान नहुने दावी गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान हुने उनको भनाई छ । एमसीसी विरुद्धको आन्दोलन नेपालको स्वाधीनता रक्षाका लागि भएको बताउदै उनले कुनै पनि हालतमा एमसीसी कार्यान्वयन गर्न नदिने उद्घोष गरे । विरोध सभामा बोल्दै उनले सम्पूर्ण जनता एमसीसीको विरुद्धमा रहेकाले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न र यसको विरुद्ध हरेक जनताले घरघरबाट हतियार लिएर अमेरिकी साम्राज्यवाद विरुद्व निस्कनुपर्ने बताए । एमसीसी सम्झौता नेपालको हितविपरित भएको भन्दै यसलाई सिधै खारेज गर्नुपर्ने र एमसीसीमार्फत् नेपाली जनतामाथि अमेरिकी बन्दुक लादिन खोजेको भन्दै आवश्यक परे यसका विरुद्ध बलिदान दिन तयार हुनुपर्ने उनको धारणा थियो । कार्यक्रममा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर ! , राष्ट्रघाति दलालहरू होसियार, राष्ट्रिय स्वाधीनताको रक्षा गरौ ! लगायतका नारा लगाईएको थियोे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार