‘कोशी प्रदेश सरकारका लागि कांग्रेससँग कुरा भइरहेको छ’

आइतबार, २४ भदौ २०८०
काठमाडौँ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल भइरहेको बताएका छन् । प्रधानमन्त्रीले अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा बोल्दै उनले पहिलादेखि नै कांग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार निर्माण गर्नुपर्छ भनेको भए पनि ठुलो पार्टीलाई निषेध गरी संविधान मिच्ने काम सत्ता गठबन्धनबाट भएको बताए । उनले  प्रदेशप्रतिको वितृष्णा बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति अहिले नै आउँदा देशको अर्थतन्त्रमा समस्या पर्ने भन्दै कांग्रेस समाधानको बाटोमा जानुपर्ने बताए ।  प्रदेशको हित र संविधानको रक्षामा कांग्रेसले जिम्मेवारीपूर्ण  भूमिका खेल्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार