गरीब निमुखा जनताको आर्थिक पीडालाई सधैं उजागर गर्दै देशको आमूल परिवर्तनका लागि माओवादी केन्द्रले जारी गरेको अभियान अस्त्र बन्ने उनले दाबी गरेका हुन् ।
माओवादी केन्द्र मेचीनगर–१४ द्वारा आयोजित ‘३ महिने रुपान्तरण अभियान’ को उद्घाटन गर्नै कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका नेता शेर्पाले अभियानले समाजमा शोसक–सामन्तीलाई पाखा लगाउँदै सत्य र इमान्दारीको उजागर गराउने बताए ।
जनताको प्रत्यक्ष निगारानीमा माओवादी केन्द्रका नेता कर्याकर्ताले सामाजिक गतिविधि गर्न गराउन आदेश दिँदै उनले माओवादी कार्यकर्ता सच्चा र इमान्दार पार्टी रुपान्तरण हुने बिश्वास व्यक्त गरेका थिए ।
उनले चिनीको उदाहरण दिंदै भने,चिनी चिनीकै रुपमा हुनुपर्छ, चिनी नुन जस्तै नुनिलो भयो भने त्यसको औचित्य नै रहँदैन, त्यसैले माओवादी पार्टीको आफ्नै बिषेशता र एजेन्डामै रहनुपर्दछ । जनताको गुनासा–पीडा सुन्दै समस्याको समाधानका लागि अभियान लिएर आएकाले पार्टी र जनता नङ्ग र मासुको सम्बन्ध जस्तै बलियो हुनुपर्ने उनको जोड थियो।
माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष प्रधानमन्त्री पुस्पकमल दाहाल र पार्टीका उपाध्यक्षले गृहमन्त्रीले भ्रष्टाचार विरुद्धको अभियान सुरु गरेको जानकारी गर्दै उनले देशमा भ्रष्टाचार निर्मुल नभएसम्म जनताले राहत नपाउने उल्लेख गरेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य मोहन राजबंशीले माओवादी पार्टीले ठुलो बलिदानीपछि पुनः जनताकै माँझमा अभियान लिएर आएकाले सबै समुदाय सचेत हुन आवश्यक रहेको बताए । उनले नेताकार्यकर्ताको आचण सुधार भए माओवादी पार्टीले जनअपेक्षा अनुसारको आमूल परिवर्तन गर्नसक्ने बिश्वास बढेकोसमेत उल्लेख गरेका थिए ।
कार्यक्रममा माओवादी क्षेत्र नम्बर–१ संयोजक प्रकाश भण्डारीले माओवादी पार्टीले जनताको अधिकारकै लागि एकात्मक राज्य प्रणालीबाट संघीय राज्य प्रणालीमा राज्यको संरचना परिवर्तन गरेको बताए । उनले सिंहदबारमा केन्द्रीत हुने जनताको कार्यसम्पादनलाई सरल र सहज बनाउन राज्य पुनर्संरचनापछि स्थानीय तहबाटै जनताले अधिकार पाउँदैआएको उल्लेख गरे ।
कार्यक्रममा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य अस्मिता तामाङ्ग, माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियालगायतले जनताको सबै समस्याको सामाधानका लागि ३ महिने अभियान फालदायी हुने बताएका थिए ।
पार्टी प्रवेशः
कार्यक्रममा नेपाली काङ्ग्रेस, एमाले, राप्रपा परित्याग गरी ४१ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् संघीय सांसद गम्बु शेर्पाले दोसल्ला र अबिर लगाएर स्वागत गरेका थिए ।
सम्मान ः
कार्यक्रममा सहिद नेत्र घिमिरेको परिवार नरेन्द्रप्रसाद–मेनुका घिमिरेलाई सम्मान गरिएको छ । सम्मानित घिमिरे नेकपा माओवादी पार्टी जिल्ला सदस्य समेत हुन् ।
कार्यक्रममा मेचीनगर–१४ का बिपन्न ३५ जना जेष्ठ नागरिक, १२ जना एकल महिला, १५ जना एकल पुरुष, १३ जना विद्यार्थी, ३ जना अपांग, ३ जना सुत्केरी महिलालाई साडी, भेस्ट, खादा र विद्यार्थीलााई कपि डटपेन प्रदान गर्दै प्रमुख अतिथि, बिशिस्ट अतिथि र अतिथिहरुले सम्मान गरेका थिए ।
३ महिने अभियानका मेचीनगर–१४ का संयोजक बाबुलाल सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेनुका घिमिरेले स्वागत मन्तव्य तथा शहिद सम्मान गीत प्रस्तुत गरिएको थियो । बाबुलाल सुब्बाले औचित्यमाथी प्रकाश पारेको कार्यक्रमको संचालन वडाका पार्टी अध्यक्ष हेमकुमारी शिवाकोटीले गरेकी थिइन् ।
प्रतिक्रिया