नेपाली कांग्रेस देशको ठुलो पार्टी भएको र पनि कांग्रेस सरकारमा भएन भएको महसुस हुने गरि काम गर्न सुझाव जिल्लाका नेता तथा कार्यकर्ताहरुको छ । कार्यक्रममा नेपाली कांग्रेस इलामका पूर्व जिल्ला सभापती हिमालय कर्माचार्यले सहि र गलत के हो भनेर छुट्याउन आम जनता सक्षम भइसकेकाले माथिल्लो तहमा भएका नेता तथा सरकारमा भएकाहरुले राम्रो काम गर्न आवश्यक रहेको बताए ।
जिल्ला सभापती डम्बर खड्काले सबै पक्षसँग मिलेर अघि बढ्न आफु तयार रहेको भन्दै पार्टीलाई समृद्ध बनाउन सबै कार्यकर्ताहरु समेत जागरुक बन्न आवश्यक रहेको बताए । आएका सुझावहरुलाई केन्द्रले पनि गम्भिरताका साथ लिनुपर्नेमा पार्टी सचिव निरोज खड्गीको सुझाव छ ।
कार्यक्रम जिल्ला सभापती खड्काको अध्यक्षता तथा डा रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला उपसभापती खगेन्द्र देवान लगायत महादिवेशन प्रतिनिधि, जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया