छिकिनको अध्यक्षतामा जसपा इलाम

शुक्रबार, २६ असोज २०८०
इलाम, असोज : छिकिन तामाङको अध्यक्षतामा जनता समाजवादी पार्टी (जसपा) नेपाल इलामको जिल्ला कार्य समिति पुनरगठन भएको छ । ३१ १ सदस्य जिल्ला कार्य समितिको उपाध्यक्षमा धनसिंह राई र याम प्रसाद लिम्बू चयन भएका छन् । सचिव पदमा सुवास राई चौरासे, उपसचिव पदमा खेमकुमारी राई (बिनु) र रोशन योङहाङ, कोषाध्यक्षमा राम लिङ्दम रहेका छन् । जिल्ला सदस्यहरुमा करसिंह राई, सञ्जय खाप्तुवा, प्रकाशचन्द्र राई, बल बहादुर आङ्देम्बे, सरोज राई, गंगा सुनुवार, रोशन राई, निमादोर्जे शेर्पा, कृष्ण खत्रि, शेर बहादुर लोक्ताम, रेनुका राई, लाल बहादुर सुनुवार, सुरेन्द्र मोक्तान, मिलन सेरेङ लिम्बू, भानु राई, अर्जुन कुमार एक्तेन, राम कुमार राई, पूर्णचन्द्र फियाक, पुष्पा राई, दोर्जे तामाङ, बिनु राई , निवाता चावा, दिवस साम्बा रहेका छन् । नवगठित जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि लोकसागर साम्बाले गोप्यनियताको सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार