पीडित केन्द्रमा राखेर शान्ति प्रक्रिया छिटो टुङ्ग्याउनु पर्छ ः ओली

मंगलबार, १४ कार्तिक २०८०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, शान्ति प्रक्रियालाई पीडित केन्द्रीत भएर संक्रमणकालीन न्याय दिन आवश्यक रहेको बताए । मंगलबार संसदमा महासचिव गुटेरेसको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले, शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रीत भएर संक्रमणकालीन न्याय पीडितहरुलाई उपलब्ध गराएर, छिटो समाधान गर्नुपर्ने बताए । उनले भने,‘शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रीत भएर संक्रमणकालीन न्याय पीडितहरुलाई उपलब्ध गराएर, नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्का सुझावहरु समेतलाई ध्यानमा राखेर यसलाई समाधान गर्नपर्छ, सकेसम्म छिटो समाधान होस भन्न् कामना गर्नुभएको छ । हाम्रो पार्टीले उहाँको सम्बोधनलाई धन्यवाद दिन चाहन्छु ।’ महासचिव गुटेरेसले नेपाल र नेपाली राष्ट्रको राम्रो मूल्याङ्कन गरेको बताए । गरिब देशहरुलाई सम्पन्न र धनी देशहरुले सहयोग समर्थन गर्नुपर्ने, संयुक्त राष्ट्रसंघमा जनाएका प्रतिवद्धताहरुलाई पूरा गर्नुपर्ने गुटेरेसको विशेष जोड रहेको उनको भनाई छ । ओलीले गुटेरेसको सम्बोधन संक्षिप्तमा र धेरै राम्रो रहेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार