भूकम्प पिडितको उद्धारमा जुट्न अध्यक्ष ओलीको आग्रह

शनिबार, १८ कार्तिक २०८०
काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पिडितहरुको उद्धार र राहातमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । बिहानै सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले दुखको यस घडीमा पिडितहरुले धैर्य गर्ने र बाहिरकाले सहयोग गर्नुपर्ने समय भएको बताउनुभएको छ । उहाँले यस्तो समयमा घाइतेको उपचारमा तत्काल स्वास्थ्यकर्मीको खाँचो हुने औल्याउनु भएको छ । अध्यक्ष ओलीले जाजरकोट र रुकुमका नेताहरुसँग पनि भूकम्पको क्षतीका बारेमा टेलिफोनमा जानकारी लिएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार