हात्तीले कुल्चँदा झापामा एक जनाको मृत्यु 

शुक्रबार, १५ मंसिर २०८०
झापा । झापाको हाल्दिबारी गाउँपालिकामा रहेको मायालु सामुदायिक बन क्षेत्रमा जङ्गली हात्तीले कुल्चँदा एक जनाको मृत्यु भएको छ ।
हाल्दिबारी गाउँपालिका –  ३ मा निवासी  ४० वर्षीय  धनबहादुर बनको हात्तीले कुल्चँदा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।
 मायालु सामुदायिक बनमा चौकीदारसमेत रहेका बनलाई आज  बिहान ९ बजे हात्तीले लखेटी लखेटी कुल्चिएको स्थानीयले बताएका छन् ।
चारकोसे सामुदायिक बनमा जङ्गली हात्ती बस्ने गरेको र आहारको खोजीमा बस्ती गाउँ पस्दा हात्तीले उपद्रो मच्उने गरेको छ । सामुदायिक बनमा विद्युतीय  गरे पनि हात्तीले विद्युतीय तारलाई समेत चुटाएर बस्ती पस्ने गरेको स्थानीयको भनाई छ ।
 यसअघि पनि सो क्षेत्रमा जङ्गली हात्तीले मानवीय क्षति पु¥याउनुका साथै  घर भत्काउने र अन्नबाली खाने गरेकाले स्थानीयवासी हात्तीको उपद्रोबाट ग्रसित छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार