बिर्तामोड उद्योग वाणिज्यसंघसहित ४१ संघसंस्थाले गरे झापाका सीडीओको विदाई

आइतबार, १७ मंसिर २०८०
झापा । बिर्तामोड उद्योग बाणिज्य संघसहित ४१ संघ संस्थाले झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेललाई सम्मानसहित बिदाई गरेका छन् । संघले आइतबार९आज० बिर्तामोडमा एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी पोख्रेललाई विदाई गरेको हो । पोखरेललाई झापामा रहँदा संघका हरेक गतिबिधि सञ्चालन गर्न उल्लेखीय भुमिका खेलेको भन्दै सम्मानपत्रसहित मायाको चिनोले सम्मानसहित विदाई गरिएको थियो । पोख्रेल सुदुर पश्चिम प्रदेशको सचिवका रुपमा सरुवा भएका हुन् । संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले स्वाग गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सञ्चारिक समूह झापाकी अध्यक्ष लीला अनमोल , झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, खेलकुद विकास संघ झापाका अध्यक्ष भेषराज भण्डारी ९ प्रसान्त ० उद्यमशील महिला झापा अध्यक्ष पार्वता विमली लगायतले प्रमुख जिल्ला अधिकारी पोख्रेलको आगामी दिन अझ सफलताकोे कामनासहित शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार