पाँचथर : नेकपा एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा शनिवार पाँचथर पुग्दै छ। सोही अवसरमा पहिचान वादीले बन्दको आह्वान गरेको छ । कार्यक्रममा एमाले ओली लगायत नेता पाँचथर सदरमुकाम फिदिम आउने भएका छन् ।
गए राति अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराईमा बास बसेको यात्रा टोली शनिवार ७६ किलोमिटर दूरी पार गरेर पाँचथरतर्फ अघि बढ्ने जनाइएको छ ।
एमालेले आज पाँचथरको फिदिममा आमसभाको आयोजना गरेको छ। मङ्सिर १४ मा बैतडी झुला घाटमा सुरु भएको एमालेको यो यात्रा पुस १ गते मध्य पहाडी राजमार्गको पूर्वी विन्दु पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुगेर टुङ्गिनेछ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्न मध्य पहाडी पुष्पलाल लोकमार्गकेन्द्रित सङ्कल्प यात्रा गरेको पार्टीले जनाएको छ।
सोही क्रममा पूर्वका पहिचानवादीहरूले कोसी प्रदेश बन्दको आह्वान गरेका हुन् । पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै शनिवार र आइतबार यातायात बन्द आह्वान गरेका हुन् ।
बन्दका क्रममा प्रहरीले स्कर्टसङ गरेर सवारी साधन सञ्चालन गरिरहेको छ।
प्रतिक्रिया