बिरामीलाई सुलभ भएको छ । फोक्सो पनि फुलेको देखिएको छ । खर्चको हिसावले दुई चार हजार अन्तर मात्रै छ, तर सामान्य जिन्दगीमा चाँडै फर्किनसक्ने भएको यो प्रविधि राम्रो हो ।’
त्यस्तै बिरामीका पिता उमेशचन्द्र ठाकुरले घरमा ज्वरो र वान्ता आउने समस्या भएपछि स्वास्थ्य परीक्षणका क्रममा सो रोगको पत्ता लागेको र अप्रेशनपछि अहिले बालिकाको स्वास्थ्य अवस्था ठिक हुँदै गएको बताए ।
उनले बालिका अहिले खाने र हिँड्ने गर्न थालेको र फोक्सो पनि फुल्न थालेको बताए ।
उनले भने– ‘घरमा ज्वरो र वान्ता आउँथ्यो, डाक्टरले अप्रेशन गर्नुपर्छ भन्नुभयो, निमोनियाको औषधि लिँदा ठिक भएन, सिट स्क्यान गर्दा फोक्सोमा पिप जमेको रहेछ ।
यो अप्रेशन गर्नुपर्छ भन्नुभयो । केही सामानहरु हामीले खोज्यौँ । त्यसपछि सबै सामान पाएनौँ तर जति पनि सामान छ, त्यसले अप्रेशन गरेर आज सफल भएको छ । अहिले नानी खाना खाने हिँड्ने गरेको छ ।
प्रतिक्रिया