हाल इलाम चोक बजार, माई स्थान मन्दिर, चिया बगान र अरनिको संङग्राहालय गरी चार स्थानमा प्रत्यक्ष रूपमा कलाकारहरूले चित्र बनाउने कार्यक्रम तय भएको नगर पर्यटन प्रवर्द्धन समिति इलामका सचिव अर्जुन पोख्रेलले जानकारी दिए । उनका अनुसार उत्सवमा नेपाल र भारतका गरी ३३ जना कलाकारहरूले सहभागिता जनाएका छन् ।
कलाकारहरूले निर्माण गरेका तस्बिरहरू विभिन्न ठाउँमा प्रदर्शन समेत गरिने जनाइएको छ । जसले चित्रमार्फत पनि इलामका विभिन्न स्थानहरूको प्रवर्द्धनमा सहयोग मिल्ने छ ।
प्रतिक्रिया