कांग्रेस सांसद रामहरि खतिवडाले आइतबार संसद्मा उठाएको विषय सत्य हो ?
गरिमामय संसद्भित्र उपस्थित भएर बोलिसकेपछि प्रमाणित कुरा बोल्नुपर्छ क्या । अप्रमाणित कुरा, बजारको हल्लाको कुरा बोल्नु भनेको त्यो गरिमामय पदलाई नधान्नु हो । त्यो गरिमामय संसद्को उपहास हुनु र आफू संसद्को सदस्य भएको अर्थै नबुझ्ने प्रमाणित हुन्छ । मन्त्री ठूलो, संसद् सानो भन्ने हुँदैन । संसद्मा जोसुकै सांसद भनेको प्रधानमन्त्रीको क्यान्डिडेट हो नि । त्यसकारण सांसदले प्रमाणित कुरा पो बोल्नुपर्छ ।
‘बहादुरले गोली लुकाउँछ, कायर र लाछीले घडी’ भन्नुभयो, संस्कृतिमन्त्रीले यस्तो भन्नुहुन्थ्यो रु यो त शोभनीय भएन नि ?
उहाँले लुम्बिनीको रामग्रामको कुरामा ल्हारक्याल लामासँग मलाई जोड्नुपर्ने कारण के छ रु लुम्बिनी मेरो मन्त्रालयअन्तर्गत त हो । मन्त्रीको तहबाट होइन, लुम्बिनी विकास कोषको अध्यक्षका हैसियतले बैठकमा बसेको हुँ ।
मेरो उपस्थितिमा भएको निर्णयमा नेपाल सरकारको सहमतिबेगर अन्य कुनै पनि प्रकृतिको सम्झौता गर्न पाइँदैन भनिएको छ । फेरि सम्झौता नै गरिएको छैन । साधारण एमओयू मात्रै गरेको हो । सम्झौता गर्नका लागि त विकास कोषको निर्णयअनुसार मन्त्रालय र सम्बन्धित निकायमै ल्याउनुपर्छ । त्यो तहसम्म ल्याइएको छैन ।
राज्यलाई बेइमान गर्न खोजेर, ढाँटेर नि हुँदैन । एक दिन त देखिन्छ नै । लोकतन्त्रमा एउटा संस्थाले गल्ती गर्दा अर्को संस्थाले सच्याउँछ । लेखा समितिले सच्याउनु भनेपछि त्यो कुरालाई पालना गर्दै खारेज भइसकेपछि पनि यो कुरा संसद्मा उठाइराख्नुपर्ने म त्यति जरुरी देख्दिनँ ।
अर्को कुरा, उहाँ आफैं राज्य व्यवस्था तथा राज्य व्यवस्था समितिको सभापति । हामीलाई बैठकमा बोलाएर डन्डा हाने भैगो नि । बेकारमा अप्रमाणित कुरा गरेर अर्काको मानमर्दन बदनाम गर्न पाइएन नि ?
जहाज खरिदमा १८ करोड कमिसन खान लाग्नु भा हो ?
एकातिर ट्विनअटरको ३००–डी सिरिज जहाज उत्पादन नै भएको छैन भन्ने अर्कोतिर १८ करोड खाँदै छ भन्ने । खाँदै गरेको प्रमाण उहाँसँग भए पेस गर्दा भइहाल्छ नि । उहाँको मन लोभी छ । मेरो मन लोभी छैन । यसरी नै कुरा गर्दा क–कसको के–के छ, त्यतातिर नजानु नै राम्रो । तर साथीहरू बाध्य बनाउँछन् । त्यो भिडियोमा मैले यो पनि भनेको छु कि, बारुदको पहाडमाथि उभिएर किन आगो खेलाउनु क्या π नैतिक रूपमा पतित मान्छेले अर्काको नैतिकतामाथि प्रश्न उठाउने हैसियत पनि राख्दैनन् ।
र्याडिसन होटलको लकरमा उहाँको साथीले राखेको रोलेक्स घडी हराएपछि प्रहरीलाई रिपोर्ट गरेर सीसीटीभी क्यामरा हेर्दाखेरि हिजो बोल्ने माननीय देखिएपछि पुलिसले फोन गर्दाखेरि रोल्याक्स घडी ओखलढुंगामा पुगिसकेको थियो ।
यस्तो फोहोरमा उभिएर अहिलेको पुस्ताले बिर्सिसकेको कुरा निकाल्न लगाउँछन् क्या पुलिसले फोन गर्दा म ओखलढुंगामा छु । तर मेरो गोजीमा आएको छ भने । त्यो लोभी मनले भ्रष्टाचार देख्छ । पैसा देख्छ । मसँग त्यो सरोकार छैन । मलाई राष्ट्रिय आवश्यकता पूरा गर्न यहाँ जहाज किन्नु छ । हामी लागेका छौं । मेरो लोभी मन छैन ।
नैतिकताकै कुरा गर्दा बलबहादुर राई मन्त्री हुँदा उहाँले मन्त्रीको हस्ताक्षर किर्ते गर्नुभयो । प्रहरीले उहाँलाई केरकार गर्यो । ठिङुर्यायो । थुन्यो । उहाँको नैतिकता त्यस्तो छ । अर्काको नैतिकतामाथि किन प्रश्न उठाउनुपर्यो ।
निगममा ६२ जना कार्यकर्ता भर्ना गर्नुभएछ नि ?
उहाँले गन्नुभएको होला । नाम सार्वजनिक गरे भैगो नि । कतिचोटि उहाँ मेरो कार्यकक्षमा आएर आफ्नो मान्छे लगाइमाग्नुभयो । आफ्नो मान्छे लगाउँदा लाको नहुने रु
उहाँले भनेका कति जना निगममा जागिरमा छन् ?
उहाँले पटकपटक भन्नुभएको हो । मैले लगाइन हुँला । यस्तै भयो होला । लगाउने ठाउँ पनि हुनुपर्यो ।
ल्हारक्याल लामालाई लुम्बिनीमा उपाध्यक्ष नियुक्ति दिएबापत ईभी गाडी उपहार लिनुभएको हो ?
बेकारको कुरा । नचाहिने कुरा । प्रमाणित गरे भैगो नि त । मेरो केन्द्रीय समितिको सदस्यलाई माग्ने नै भए ईभी गाडी माग्थें हुँला रु पत्याउने कुरा गर्नुपर्छ ।
इजरायलमा निगमको न्यारोबडी महिनौंदेखि किन रोकियो नि ?
यी प्राविधिक कुरा मलाई थाहा छैन । म एक–दुई दिनमा बोलाएर सोध्छु । प्राविधिक कुरा मलाई व्याख्या गर्न आउँदैन ।
निगमले खरिद गर्न खोजेका तीन साना जहाज उपलब्ध गराउने कम्पनीको प्राविधिक मूल्यांकनबाट फेल भए । निगमका कार्यकारी अध्यक्षले लटरपटर गरेर टार्न खोजेको हो ?
त्यो रामजाने । मैले यो देशको आवश्यकता अनुसार जहाज चाहियो भनेको छु । त्यो कुरा मैले तपाईंको पत्रिका हेरेर थाहा पाएँ । मलाई परिणाम चाहिन्छ । म बजारको हल्लामा लाग्दिनँ । मलाई राज्यले पत्याएर मन्त्री बनाएको छ । नेपालमा धेरै हल्ला हुन्छन् । आज कालीकोटमा विमानस्थल उद्घाटनमा हजारौं जनता जहाज हेर्न उर्लेर आएका थिए । म ती जनता देखेर आँसु झारेर काठमाडौं फर्किएको छु ।
आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया