'धोकेबाजको औषधि छैन' : सभापति देउवा

विहीबार, २४ फागुन २०८०
काठमााडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका साझेदार दललाई धोका दिएको आरोप लगाएका छन् । पाँच वर्ष नै गठबन्धन चलाउने आफ्न प्रतिबद्धतामा प्रचण्ड अडिन नसकेको देउवाले आरोप लगाए । संसद् भवन नयाँ बानेश्वरमा बिहीवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देउवाले प्रचण्डले दिएको धोकाबारे आफूसँग भन्ने शब्द नै नरहेको बताएको एक सांसदले जानकारी दिए । ‘प्रचण्डले धोका दिए, धोकेबाजको औषधि छैन,’ संक्षिप्त सम्बोधन गरेका देउवाले भनेका थिए । कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखक बोलेर समर्थन फिर्ता लिने केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार