काठमाडौं । जनमत पार्टीले इलाम–२ को उपनिर्वाचनमा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ ।
थाम्सुहाङ किरात लिम्बुवान प्रदेश नामाङकन अभियानका अध्यक्षसमेत हुन् ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले थाम्सुहाङलाई पहिचानवादीहरुको साझा उम्मेदवारको रुपमा अगाडि सारिएको बताए ।
प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।
प्रतिक्रिया