इलाम–२ मा मिलन लिम्बुलाई उम्मेद्वार बनाउने रास्वपाको तयारी

मंगलबार, १३ चैत्र २०८०
इलाम / राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने सङ्केत गरेको छ । स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको रास्वपा उच्च तहका एक नेताले जानकारी दिए । लिम्बु माओवादी केन्द्र निकट पत्रकारहरूको संस्था प्रेस सेन्टरमा आबद्ध छन् । उनी आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० का महासचिव समेत हुन् । तर रास्वपाले भने विगतको पृष्ठभूमि नहेरी योग्य उम्मेदवार उठाउने बताउँदै आएको छ । ‘कुन पार्टीको के भनेर आबद्धता हेरिन्न । रास्वपासँग जोडिएर उम्मेदवार हुन इच्छुक व्यक्तिको विगत विवादित हुनु भएन’ रास्वपाका उच्च तहका एक नेताले भने, ‘अनियमितता र विवादमा नरहेको देखिए उहाँ उम्मेदवार हुने सम्भावना बढी छ ।’ रास्वपाले १७ चैतमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने जनाएको छ । त्यसअघि उपसभापति डा स्वर्णिम वाग्ले १५ चैतमा इलाम जाँदैछन् । उनले उम्मेदवार आकाङ्क्षीहरू बिच छलफल गराएर योग्यलाई चयन गर्ने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार