इलाम २ उपनिर्वाचन : माओवादीबाट चार जनाको नाम सिफारिस

बुधबार, १४ चैत्र २०८०
इलाम / सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले इलाम क्षेत्र २ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि चार जनाको नाम जिल्लाबाट सिफारिस गरेको छ । माओवादीले पार्टी केन्द्रीय सदस्य धिरेन शर्मा रमण तथा प्रदेश कमिटी सदस्य त्रय उर्मिला तामाङ, अनिल बराइली र ओम गुरुङको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो । केन्द्रीय सदस्य रमणले प्रदेशले यी नाम केही दिनमा केन्द्रमा पठाउने र केन्द्रले त्यसलाई अन्तिम रूप दिने जानकारी दिए । चाँडै उम्मेद्धारको नाम टुंगियाउने बताइएको छ । सत्ता गठबन्धन दलहरूले अहिले पार्टीबाट एक्ला एक्लै उम्मेदवार घोषणा गरिरहँदा एक्लै निर्वाचनमा जाने अवस्था देखिए पनि अरू दलसँग पनि छलफल भइरहेको बताइएको छ । साझा उम्मेद्धार बनाएर चुनाव लड्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार