इलाम / राष्ट्रिय स्वतन्त्र पार्टीका ६ जनाले उपनिर्वाचनमा इलामबाट उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र शेषरमण न्यौपानेको निवेदन परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जनाएका छन्।
बरालका अनुसार प्रारम्भिक निर्वाचनमा सहभागी ६ जनामध्येबाट एक जनालाई उम्मेदवार चयन गरिने बताइएको छ।
प्रतिक्रिया