उदयपुर / नेकपा एमाले उदयपुरको नवौं अधिवेशनको मतदान कार्य सकिएको छ। त्रियुगा नगरपालिका-३, मोतिगडास्थि होटल इम्पाइर इनमा बुधबार साँझदेखि भएको मतदान बिहान सकिएको हो।
मतदान सकिए सँगै मतगणना कार्य सुरु गरिएको निर्वाचन अधिकृत गणेश सापकोटाले जानकारी दिनुभयो। अधिवेशनमा पदाधिकारी सबै पदहरुमा निर्वाचन भएको थियो।
अध्यक्षका लागि भागवत राउत र परमेश्वर घिमिरेबीच प्रतिपर्धामा छन्। यस्तै उपाध्यक्षका लागि कालुमान लामा, दिल बहादुर तामाङ र भरत बहादुर थापाबीच प्रतिपर्धा भएको छ।
यसअघि अध्यक्ष पदका लागि पाँचजनाको उम्मेदवारी दर्ता भएकामा तीन जनाले उम्मेदवारी फिर्ता लिएका थिए। अध्यक्षमा उम्मेदवारी दिएका विमल कार्की, गोपाल खत्री र खड्गबहादुर परियारले उम्मेदवारी फिर्ता लिनु भएको थियो। घिमिरे एमालेको वर्तमान जिल्ला अध्यक्ष हुन्। राउत पूर्व कोशी प्रदेश कमिटी सदस्य तथा समाजसेवी हुन्।
यता सचिव पदका लागि टेक बहादुर राउत, महेश रोक्का र शम्भु पौडेल प्रतिसपर्धामा छन्। उपसचिव महिलामा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राई, कटारी नगरपालिकाका उपमेयर गिता खड्का र गंगा राईबीच प्रतिस्पर्धा छन्।
खुल्ला उपसचिवका लागि ६ जना प्रतिस्पर्धामा छन्। हेमबहादुर खड्का, जीवनाथ दाहाल, मन्दिप राई, धर्मबहादुर तामाङ, दुर्गानन्द चौधरी र नारद निरौलाले उपसचिवमा उम्मेदवारी दिएका छन्।
प्रतिक्रिया