कर्णालीमा दुई अर्ब बजेट विनियोजन गर्न सरकार थुर्थुर काँप्छ : ज्ञानेन्द्र शाही

आइतबार, १८ चैत्र २०८०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले सरकारले विकास निर्माणका सवालमा कर्णालीलाई उपेक्षा गरिएको टिप्पणी गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कि त सरकारले कर्णालीलाई नेपालभित्र पर्दैन भनेर भन्नुप¥यो नभए यसरी उपेक्षा गर्न नमिल्ने बताए । उनले भने,‘सरकारले बजेटमा कर्णालीलाई कहिल्यै पनि प्राथमिकता दिंदैन । कि त कर्णाली नेपालमा पर्दैन भन्नुहोस दमका साथ । हामी तपाईंभन्दा दोब्बर बढि विकास गरेर देखाउँछौं । यदि नेपाल भित्र पर्छ भने अनावश्यकका प्रोजेक्टहरु नपठाउनुस् ।’ सरकारले कर्णालीको विकासका लागि दुई अर्ब रुपैयाँ बजेट विनियोज गर्न थुर्थुर काप्ने गरेको शाहीको आरोप थियो । उनले भने, कर्णालीमा दुई अर्ब बजेट विनियोजन गर्न सरकार किन थुर्थुर काँप्छ ? भिख मागेको होइन सभामुख महोदय । अधिकार चाहिएको हो । अधिकार खोस्ने हो ।’ आउँदो आर्थिक वर्षको बजेटमा पनि कर्णालीलाई सम्बोधन नगरे संसद र सडकमा आन्दोलन गर्ने उनको चेतावनी थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार