इलाम-२ मा सुहाङ नेम्वाङले गरे उम्मेदवारी दर्ता

शनिबार, २४ चैत्र २०८०
इलाम । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा रामप्रसाद सुवेदी र समर्थकमा धीरेन्द्र शर्मा रमण रहेका छन् । नेम्वाङलाई माओवादी केन्द्रले पनि समर्थन गरेको छ । मनोनयन दर्ता गराउन जाने क्रममा सुहाङले इलामको रत्नचोकमा रहेको रत्नकुमार वान्तवा र वन वान्तवाको शालिकमा माल्यार्पण गरेका थिए । त्यस्तै सुहाङले राष्ट्रिय विभूतिहरू भानुभक्त आचार्य र शंखधर साख्वाको सालिकमा पनि माल्यार्पण गरेका थिए । इलाम २ बाट एमालेले सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार