बहादुर सुनारले पनि आ आफ्नो उमेद्धारी दर्ता गराएका छन् ।
पहिचान पक्षधरका तर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उमेद्धारी दर्ता गरेका छन् ।
उनलाई राष्ट्रिय जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले समर्थन गरेका छन् ।
उपनिर्वाचनमा एमालेका उमेद्धार सुहाङ नेम्बाङ्गलाई नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ ।
डाक प्रसाद गौतम, मनोज निरौला (प्रदीप) अर्जुन बहादुर शाही, केशव कुमार चापागाईँ, दिनेश बोहोरा, योगेन्द्र गुरुङ, राज बस्यालले स्वतन्त्र उमेद्धारको रूपमा मनोनयन पत्र दर्ता गराएका छन् ।
मनोनयन पत्र दर्ता गर्न विभिन्न राजनैतिक पार्टीका शीर्ष नेताहरू समेत र्यालीमा सहभागी भई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका थिए ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनाल, श्रम तथा रोजगार मन्त्री डी पी अर्याल, नेपाली काँग्रेसका सहमहामंत्रीद्धय भीष्मराज आङदेम्बे, बद्री पाण्डे, कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई, पूर्व मुख्यमन्त्री हिकमत कार्की लगायतका नेताहरूको आ आफ्नो दलको उमेद्धार मनोनयन पत्र दर्ता क्रममा सहभागिता रहेको थियो ।
विभिन्न दलले पन्चे बाजागाजा सहित च्याब्रुङ बजाएर नाचगान गर्दै मनोनयन गरेका थिए ।
प्रतिक्रिया