समितिको सिफारिस प्रमुख प्रशासकीय अधिकृतलाई चित्त बुझेको छैन।
दुईवटा समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न आलटाल गर्नु र निलम्बनको सिफारिस गरिएका कर्मचारीलाई बचाउन खोजेकै कारण मंगलबारको बैठकमा प्रमुख प्रसासकिय अधिकृत रिसाएको हुन सक्ने बैठकमै सहभागि ले बताएका छन् ।
प्रमुख प्रशासकिय अधिकृतले पदिय मर्यादा भुलेर आवेगमा कार्यालयकै कुर्सीमा लात्ति हान्नु असोभनिय भएको प्रत्यक्षदशीले बताए । ‘कार्यलयको हाकिमले देखाएको हर्कत विल्कुलै अमर्यादित, अशोभनिय र केटाकेटी पन जस्तो देखिएको छ ।
उनलाई कार्वाहीको दायरामा ल्याउन कार्यपालिकाले बाँकी राख्नु हुन्न ।’ स्थानिय एक नगरबासीले भने, प्रमुख प्रशासकिय अधिकृत राईले नगरको कुर्सीलाई लात्ति हानेको घटनाले नगरबासीलाई गम्भिर चोट पुगेको छ ।
शिवसताक्षी नगरपालिकाको घर नक्सा शाखाबाट ०७२ साल यता जना सेवाग्राहीका प्रमाण पत्र नक्कली छन् । सेवाग्राहीले नगरका कर्मचारीलाई दिएको राजश्व राजश्व शाखामा दाखिला नगरी प्रमाण पत्र प्रदान गरिएका छन् ।
यसरी प्रदान गरिएका अधिकाँस प्रमाण पत्रमा सरकारी छाप किर्ते गरिएको, कार्यालय प्रमुखको हस्ताक्षर किर्ते भन्ने गरिएको, प्रदान गरिएका प्रमाण पत्रको रेकर्ड कार्यालयमा नरहेको, राजश्व दाखिला नगरिएको, दर्ता चलानी को तथ्याँक नरहेको इन्जिनियरको हस्ताक्षर किर्ते गरिएको लगायत कम्तिमा १सय ५० सेवाग्राहीको घर नक्सा प्रमाण पत्र किर्ते छन् ।
किर्ते प्रमाण पत्रको छानविनका लागि नगर कार्यपालिकाले दुई वटा सम्म छानविन समिति गठन गरेको थियो ।
घटनाको बारेमा नगर उपप्रमुख नरमाया कार्कीले कुनै प्रतिकृया दिएकी छैनन् । संचारकर्मीले गरेको फोन उनले दुई पटक सम्म काटेकी छन् ।
यसैविच प्रमुख प्रशासकीय अधिकृत राईले स्थानिय पत्रकार विनोद सापकोटालाई प्रहरी लगाएर पक्राउ गर्ने धम्कि दिएका छन् ।
समाचारमा आपत्ती जनाउदै उनले पत्रकार सापकोटालाई स्वयम् फोन गरेर ‘तपाईँ कुन ठाँउमा हुनुहुन्छ ? त्यही प्रहरी लगाएर पक्राउ गर्न प्रहरी पठाउछु ।’
पत्रकार सापकोटाले आफु घरैमा रहेकाले सम्मान जनक गिरफ्तारी दिने पनि बताएका छन् ।
प्रतिक्रिया