सभामुखबाट संसद अधिवेशन अन्त्यको घोषणा

आइतबार, ०२ बैशाख २०८१
काठमाडौं : संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेर अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको जानकारी गराए। उनले भने, ‘प्रतिनिधिसभाको चालू अधिवेशन आज राति १२ बजेबाट स्वतः अन्त्य हुने जानकारी गराउँदछु।’ यसअघि सरकारले आज रातिदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। बैठकमा सभामुख घिमिरेले संसदीय काम कारवाही सुनाउँदै ७० दिनमा २३ वटा बैठक बसेको र ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भएको जानकारी समेत गराएका थिए। उनले भने, ‘संघीय संसदको हिउँदे तेस्रो अधिवेशन २०८० माग २२ देखि सुरू भई ८१ वैशाख २ गतेसम्म ७० दिन चालु रह्यो जसमध्ये २३ दिनहरूमा २३ वटा बैठक बसी ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भयो।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार