पिकअपको ठक्करबाट पुरुषको मृत्यु

शनिबार, १९ असोज २०८१
धनकुटा : धनकुटामा पिकअपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । हिले–खोकु सडक खण्डस्थित सहिदभूमि गाउँपालिका ४ नास्पति चोकमा पिकअपको ठक्करबाट शुक्रबार राति एक जनाको मृत्यु भएको हो । थलथलेबाट खोकुतर्फ जाँदै गरेको को १ ज ३११८ नम्बरको पिकअपले टाइजन विश्वकर्मालाई ठक्कर दिएर किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार