झापामा सर्पले डसेर एक महिलाको मृत्यु

शनिबार, १९ असोज २०८१
झापा : झापामा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बाह्रदशी–५ घोडामाराकी ४१ वर्षीय कमला न्यौपानेको मृत्यु भएको हो । गोठमा गाई बाँध्ने क्रममा दाहिने खुट्टामा विषालु सर्पले डसेको थियो । विषालु सर्पले टोकेपछि उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका लागि लगिएपनि उनको मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार