काठमाडौं : नेपाली क्रिकेट टिमका ओपनर आसिफ शेखले शतक पूरा गरेका छन्। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पीएनजीविरुद्ध नेपालका लागि जारी खेलमा उनले शतक पूरा गरे। उनले १ सय १ बल खेल्दै १० चौका र २ छक्काको मद्दतमा शतक पुरा गरेका हुन्। यो उनको पहिलो शतक हो।
उनी एक दिवसीयमा एक हजार रन बनाउने खेलाडी बने। ९० रन बनाउँदा आसिफले हजार रन बनाए।सन् २०२१ मा सेप्टेम्बर ७ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका आसिफले योसहित नेपालका लागि ३२ खेल खेलेका छन्। जहाँ उनको नाममा ८ अर्धसतक समावेश छन्।
आसिफ नेपालका लागि एकदिवसीय क्रिकेटमा सबै भन्दा धेरै रन बनाउने दोस्रो खेलाडी हुन्। पहिलो नम्बरमा कप्तान रोहित पौडेल छन्। नेपाल अहिले ३ विकेट गुमाएर क्रिजमा छ। आशिफलाई कप्तान रोहितले साथ दिइरहेका छन।
प्रतिक्रिया