मोरङको रंगेलीमा दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते

सोमबार, २१ असोज २०८१
विराटनगर । मोरङको रंगेलीमा सोमबार दिउँसो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । २ जना घाइते भएका छन् । प्रहरीका अनुसार रंगेली नगरपालिका–१ स्थित भित्री सडक खण्डमा प्रदेश १–०४–००१ त १००४ नम्बरको ट्याक्टरले को ६ प ६५४६ नम्बरको मोटरसाइकललाई दिउँसो १२ः३० बजेतिर ठक्कर दिएको हो । ट्याक्टरले ठक्कर दिएपछि अनियन्त्रित बनेको मोटरसाइकलले पैदलयात्री धनपालथान गाउँपालिका–६ का ४५ वर्षीय सिटुरु ऋषिदेवलाई ठक्कर दिएको थियो । ठक्करबाट उनी गम्भीर घाइते भएका छन् । दुर्घटनामा ऋषिदेवसहित मोटरसाइकल चालक धनपालथान–१ का ४५ वर्षीय रामबहादुर माझी थारु र पछाडि सवार उनकै पत्नी अन्दाजी ३६ वर्षीया मंगली चौधरी घाइते भएका थिए । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीलेघाइतेमध्ये गम्भीर अवस्थाका माझीको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनका अनुसार ऋषिदेवको अवस्था गम्भीर र चौधरीको सामान्य छ । दुवै जनाको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर र चालक धनपालथान–४ का २० वर्षीय रविन मण्डललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार