इलाम । इलामको फाकफोकथुममा सम्पन्न १३औं राष्ट्रपति रनिङ शिल्डको उपाधि इलाम नगरपालिकाले हात पारेको छ । सम्पन्न जिल्लास्तरीय प्रतियोगितामा इलाम नगरपालिकाले उपाधि हासिल गरेको हो ।
प्रतियोगिता फाकफोकथुम गाउँपालिका ३ आमचोक स्थित सिंहदेवी माविको खेलमैदानमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा इलाम नगरपालिकाले २४ स्वर्ण, ७ रजत र १० काँस्य सहित उपाधि हाँसिल गरेको हो ।
दोस्रो स्थान थुलाथुली गाउँपालिकाले हाँसिल गरेको छ । सो गाउँपालिकाले ९ स्वर्ण, ८ रजत र ५ काँस्य जितेको छ । ६ स्वर्ण, ६ रजत र १० काँस्य पदक सहित सूर्योदय नगरपालिकाका तेश्रो भएको छ ।
५ स्वर्ण, ७ रजत र ४ काँस्य सहित फाकफोकथुम गाउँपालिकाले चौथो स्थान हाँसिल गरेको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले बताए ।
३ स्वर्ण, १ रजत र ५ काँस्य सहित देउमाई नगरपालिका पाँचौ भएको छ । २ स्वर्ण, ५ रजत र ५ काँस्य सहित रोङ गाउँपालिकाले छैटौ स्थान हासिल गरेको छ ।
२ स्वर्ण २ रजत र २ काँस्य सहित माईजोगमाई गाउँपालिकाले सातौ स्थान हासिल गरेको छ । त्यस्तै १ स्वर्ण, ५ रजत र ८ काँस्य सहित माई नगरपालिकाले आठौ स्थान प्राप्त गरेको छ ।
३ रजत र २ काँस्य सहित माङसेबुङ गाउँपालिका नवौ र २ रजत पाएको सन्दकपुरले १० औ स्थान हासिल गरेको छ । विजेता तथा उपविजेता बनेका पालिकालाई फाकफोथमु गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले शिल्ड, मेडल र पुरस्कार हस्तान्तरण गर्नु भएको छ ।
आउँदो वर्षको १४ औँ प्रतियोगिता इलामको माङसेबुङ गाउँपालिकामा गरिने भएको जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए । माङसेबुङ गाउँपालिकामा प्रतिया्गिता आयोजना गर्नका लागि झन्डा समेत हस्तान्तरण भएको छ । गएका वर्षहरुमा उपाधि विद्यालयले पाउने गरेको भएपनि यस वर्षदेखी पालिका स्तरिय प्रतियोगिता भएको हो ।
प्रतिक्रिया