इटहरी गोल्डकप चैत ४ देखि, विजेतालाई १० लाख

शुक्रबार, २६ फागुन २०७९
इटहरी । १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुडबल प्रतियोगिता चैत ४ गते सुरु हुने भएको छ । प्रतियोगिता चैत ११ गतेसम्म सञ्चालन हुने आयोजक राष्ट्रिय जागृति क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी जनाएको हो । प्रतियोगितामा मछिन्द्र क्लब काठमाडौं, एभिनिएर फुटबल क्लब क्यामरुन, चर्च ब्वाइज क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, रोलिङ्ग क्लब झापा, सगरमाथा युथ क्लब मोरङ, कन्चनजङ्गा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृतिले क्लब सहभागी हुने जनाइएको छ । इटहरीस्थित रङ्गशालामा हुने प्रतियोगितामा उपाधि विजेता टिमले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपबिजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ दिइने कार्यक्रम संयोजक अनुरोध थापाले बताए । पुरस्कार इटहरी उपमहानगरपालिका वडा नम्बर ६ ले प्रायोजन गर्ने छ । यस्तै, हरेक दिनका म्यान अफ द म्याच छानिनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजना गर्न ७० लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गोल्डकपलाई कन्ट्रोल लुब्रिकेन्टले प्रायोजन गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार