दोस्रो ‘पानवारी रन’ मा ७० धावक दौडिए

आइतबार, २८ फागुन २०७९
धरान । दोस्रो पानवारी रन सम्पन्न भएको छ । शनिबार आयोजित पानवारी रनमा ७० जना धावकले दौडिएका छन् । नेकपा एमाले धरान ६ नं. वडा कमिटिको आयोजनामा भएको दोस्रो पानवारी रनमा पुरुष तर्फ अभिशेख विक पहिलो भएका छन् । त्यस्तै भेषकुमार तोलाङ्गी दोस्रो र अशोक तामाङ तेस्रो भएका छन् । पहिलो हुने विकलाई माउण्डेन बाइक (साइकल), दोस्रो हुने तोलाङ्गीलाई ट्रयाक सुट र स्पोर्टस् सुज त्यस्तै गरी तेस्रो हुने तामाङलाई स्पोर्टस् सुज पुरस्कार प्रदान गरिएको थियो । महिलातर्फ अर्पणा धिमाल पहिलो, सुष्मा तामाङ दोस्रो र निवा लिम्बू तेस्रो भएका छन् । उनीहरुलाई क्रमशः नगद तीन हजार, दुई हजार र एक हजार पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा सहभागी भएर दौड पुरा गरेका ६३ वर्षिय देवीप्रसाद धमलालाई सम्मान गरिएको थियो । प्रतियोगितामा दशौं स्थानसम्म रहि दौड पुरा गर्ने धावकहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारी, नेकपा एमालेका प्रदेश कमिटि सदस्य तथा प्रदेश सांसद रमेशकुमार बस्नेत, नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङ, वडा इन्चार्ज भुवनसिं बस्नेत, सहइन्चार्ज रामजी विष्ट लगायतले पुरस्कार वितरण गरेका थिए । स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ प्रतियोगिता सुरु गरिएको एमाले ६ नं. वडाध्यक्ष हरि राईले बताए। उनले युवा पुस्तालाई खेलकुदमा लाग्न प्रोत्साहित गर्ने र स्वास्थ्य प्रति सचेत गराउनकालागि पानवारी रनको सुरुवात गरेको जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार