झापा । झापाको बिर्तामोडमा आज सोमबारबाट कोशी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिता २०७९ शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सदस्य एकराज कार्कीले गरेका थिए । प्रतियोगिता बिर्तामोड ३ स्थित मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।
लायन्स क्लव अफ अनारमनी र लायन्स क्लव अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।
लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीका अनुसार प्रतियोगिताका विजता टिमले नगद ५० हजार ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै द्वितीय हुने टिमले नगद ३० हजार ट्रफी र प्रमाणपत्र र तृतीय हुने टिमले सात हजार पाँच सय नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।
भेट्रानतर्फ ४५ वर्षदेखि माथिका खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजयीले नगद ३० हजार, द्वितीयले १५ हजार र तृतीय हुने टिमले नगद पाँच हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने लायन्स क्लव अफ अनारमनीका अध्यक्ष राजकुमार घिमिरेले बताए ।
स्वास्थ्यका लागि खेलकुद भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा ३६ वटा टिमको सहभागीता रहेको कार्यक्रम संयोजक लोरेन्स विष्टले बताए ।
प्रतियोगितामा झापा सहित ताप्लेजुङ, पाँचथर, उदयपुर, इलाम, सुनसरी लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी छन् ।
लायन्स क्लव अफ अनारमनीका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिस्टिक ३२५ सी का क्याविनेट सेक्रेटरी लीला चिमरिया, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी प्रशान्त, मेहरमान स्मृति प्रतिष्ठानका सल्लाहकार कुल वहादुर खड्का, मेहरमान व्याडमिटन क्लवका अध्यक्ष दिलेन्द्र कार्की लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
लायन्स क्लव अफ बिर्तामोडमा अध्यक्ष बलराम कार्कीले स्वागत सहित प्रतियोगिताको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा झण्डोत्तोलन दिपक पोखरेलले गरेका थिए ।
कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका सचिव कुशल खतिवडाले गरेका थिए ।
प्रतिक्रिया